×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

खेलकुद

एनपिएल : काठमाडौं गोर्खाज टस जितेर ब्याटिङ गर्दै, यस्तो छ प्लेइङ ११

एनपिएल : काठमाडौं गोर्खाज टस जितेर ब्याटिङ गर्दै, यस्तो छ प्लेइङ ११

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिला ब्याटिङ रोजेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा काठमाडौँले टस जितेसँगै लुम्बिनी लायन्सलाई पहिला बलिङ गर्ने निम्तो दिएको हो । यस  खेलको विजेता टोलीले भोलि विराटनगर किङ्ग्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । 

मोन्टी देसाईंको नेतृत्वमा रहेको काठमाडौँले तेस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो । काठमाडौँले खेलको सात खेलमध्ये पाँच खेलमा जित हासिल गरेको छ । नेट रनरेटमा पछि परेपछि काठमाडौँ पहिलो क्वालिफायर खेल्नबाट वञ्चित भएको हो ।

यता लुम्बिनी लायन्स चौथो स्थानमा रहँदै दोस्रो चरण प्रवेश गर्न सफल भएको हो । लुम्बिनीले खेलेको सात खेलमा चार खेलमा विजयी हासिल गरेको थियो । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स भने प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । हिजो भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । 

काठमाडौँ गोर्खाजको प्लेइङ एघारमा कप्तान करण केसीसहित आकाश त्रिपाठी, आदिल अन्सारी, शहाब अलाम, भीम सार्की, रशिद खान, सन्तोष यादव, वेन चाल्र्सवेथ, मिलिन्द कुमार, सनी पटेल र जोन सिमसन छन् । 

त्यसैगरी, यता लुम्बिनी लायन्सको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित शेर मल्ल, अभिशेष गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, जेज स्मित, सन्दीप जोरा, दिलीप नाथ, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला र डार्शी सर्ट छन् । 
 

प्रतिकृया दिनुहोस्