×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

झापा–५ मा बालेन भन्दा ओली ५ हजारभन्दा बढी मतले पछि

झापा–५ मा बालेन भन्दा ओली ५ हजारभन्दा बढी मतले पछि

दमक । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका बालेन्द्र (बालेन) शाहले ५ हजारभन्दा बढी मतान्तरले पछि पारेका छन् ।

९ हजार हाराहारी मत गणना हुँदा बालेन शाहले ६ हजार ५५१ मतसहित अग्रता लिएका छन् । एमाले अध्यक्ष ओली एक हजार ४२८ मतसहित दोस्रो स्थानमा छन् । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका समिर तामाङ ३८१ मतसहित तेस्रो स्थानमा छन् ।

नेपाली कांग्रेसकी मंधरा चिमरियाले २१६ मत प्राप्त गरेकी छन् । नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले १६५ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्