×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

५ महिनामा ७ खर्ब ६६ अर्बको आयात, १ खर्ब १६ अर्बको निर्यात

५ महिनामा ७ खर्ब ६६ अर्बको आयात, १ खर्ब १६ अर्बको निर्यात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँबराबरको विभिन्न वस्तु निर्यात गरेको छ । भन्सारको विभागको तथ्यांकअनुसार यो निर्यात अघिल्लो वर्षको यहि अवधिको तुलनामा ५८.१७ प्रतिशतले बढी हो । गत वर्ष नेपालले ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको मात्रै सामान निर्यात गरेको थियो ।

पाँच महिनाको अवधिमा नेपालले ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँबराबरको बैदशिक व्यापार घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालले ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।

यो पाँच महिनाको अवधिमा ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँबराबरको नेपालले विभिन्न मुलुकबाट वस्तु आयात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १५.८३ प्रतिशतले पछिल्लो पाँच महिनामा आयात बढेको छ ।

पाँच महिनामा नेपालमा १ खर्ब ८ अर्ब २ करोड ९९ लाख रुपैयाँबराबरको सबै प्रकारको पेट्रोलियम पदार्थ आयात भएको छ । यसमध्ये ४५ अर्ब ६० करोड ६२ लाख रुपैयाँबराबरको डिजेल, २७ अर्ब ३३ करोड रुपैयाँबराबरको पेट्रोल, २२ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास, ८ अर्ब ३४ करोड ९९ लाख रुपैयाँबराबरको हवाई इन्धन र ४ अर्ब ३४ करोड ९९ लाख रुपैयाँ बराबरको पेट्रोलियम बिटुमिन आयात भएको छ । पेट्रोलियम पदार्थपछि ३९ अर्ब रुपैयाँबराबरको कच्चा सोयाविन तेल आयात भएको छ ।

यस्तै पाँच महिनाको अवधिमा सबैभन्दा बढी ४६ अर्ब ५५ करोड ८६ लाख रुपैयाँबराबरको सोयाविन तेल र दोश्रोमा सिंथेटिक कपडा १ अर्ब ३३ करोड र तेस्रोमा १ अर्ब ३२ करोड रुपैयाँबराबरको प्लाइउड निर्यात भएको छ।

प्रतिकृया दिनुहोस्