×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

इन्डोनेशियाको राजधानी जाकार्तामा आगलागी, २२ जनाको मृत्यु

इन्डोनेशियाको राजधानी जाकार्तामा आगलागी, २२ जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको राजधानी जाकार्तामा एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको छ ।

सात तले भवनमा मंगलबार दिउँसो आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको हो । केही कर्मचारी दिउँसोको खाना खाँदै गर्दा आगलागी भएको जनाइएको छ । 

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा पहिलो तलामा ब्याट्री विष्फोट हुँदा भवनमा आगो सल्किएको अनुमान गरेको छ । आगलागी भएको भवन ड्रोन निर्माण गर्ने एक कम्पनीको भएको बताइएको छ ।

प्रहरीका अुनसार आगलागीमा परी मृत्यु हुनेमा अधिकांश महिला छन् । जसमध्ये एक महिला गर्भवती थिइन् । अधिकांशको मृत्यु धुँवामा निसास्सिएर भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्