×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या, सासु र नन्द पक्राउ

पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या, सासु र नन्द पक्राउ

काठमाडौं । पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा बस्ने ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको हो ।

आगलागीमा परी दुर्गामानको दाहिने हात, दाहिने खुट्टा र ढाडमा जलेको छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट पेट्रोल भरिएका दुई बोतल, जलेको अवस्थामा रहेको पेट्रोलको बोतल, लाइटर तथा बाँसको भाटामा सल बेरी बनाइएको राँको समेत फेला परेको प्रहरीले जनाएको छ । 

मृतकको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा छ । घटनास्थल शंकास्पद देखिएपछि प्रहरीले मृतककी ५० वर्षीया सासू मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा (बम्जन_ लाई पक्राउ गरेको छ । प्रारम्भिक सोधपुछ क्रममा मीना लामा ९बम्जन० ले सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएको स्वीकार गरेको प्रहरीको दाबी छ ।

यता, मृतकका बुबा प्रेमबहादुर घिसिङ (हरिहरपुरगढी गाउँपालिका–४) ले मायारानी बम्जन र मीना लामा (बम्जन) विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । जाहेरीका आधारमा सोही दिन ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

अहिले स्थानीयले मृतकलाई न्याय दिनुपर्ने र अपराधीलाई कारबाही गर्नुपर्ने भन्दै नारा जुलुस गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको गेट अगाडि नाराबाजी भइरहेको छ ।


 

प्रतिकृया दिनुहोस्