×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

हितेन्द्रदेवले पुन : सम्हाले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी 

हितेन्द्रदेवले पुन : सम्हाले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी 

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज (बुधबार) आफ्नो पदभार ग्रहण गरेका छन् । सर्वोच्च अदालतले प्राधिकरणमा पुनर्बहाली गर्नुपर्ने आदेश सुनाएको दुई दिनपछि बुधबार शाक्य प्राधिकरणमा हाजिर भएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई हटाएर प्राधिकरणका उपकार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका थिए । शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा अतिरिक्त सचिव सरह पद सिर्जना गरी नियुक्त गरिएको थियो ।

आफ्नो पदावधि बाँकी रहँदै हटाइएको भन्दै शाक्यले गत कात्तिक १७ मा सर्वोच्चमा रिट दायर गरेका थिए । अदालतको गत मंसिर २२ गते आदेश दिँदै प्रतिशोधपूर्ण ढंगले हटाएको पुनर्बहाली गर्न भनेको थियो ।

 करिब अढाई महिनापछि कार्यालय फर्किएका शाक्यलाई कर्मचारीहरूले फूलमाला र खादाले स्वागत गरे । पदभार ग्रहण गरेलगत्तै उनले आफ्नो पहिलो निर्णयका रूपमा राष्ट्रिय प्रसारण प्रणालीको मेरुदण्ड मानिने ढल्केबर सबस्टेसनका लागि अत्यावश्यक स्पेयर पार्ट्स खरिद गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा आइपुगेका शाक्यले हाजिरी मेसिनमा औंठाछाप लगाएर र हाजिरी खातामा हस्ताक्षर गरेर औपचारिक रूपमा काम सुरु गरे । उनलाई स्वागत गर्न उपस्थित कर्मचारीहरूले पदभारका लागि बधाई भन्दै शुभकामना दिएका थिए । 

प्रतिकृया दिनुहोस्