काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रीकेट खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । भारत र श्रीलंकामा हुने टी-२० विश्वकपको लागि नेपालले १५ सदस्यीय ठोली घोषणा गरेको हो ।
नेपाल क्रीकेट संघ क्यानले मंगलबारसाँझ रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा दीपेन्द्र सिंह ऐरी रहेका छन्।
त्यस्तै टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी परेका छन् । त्यसैगरी करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजशी र लोकेश बमले पनि टोलीमा स्थान बनाएका छन्।
नेएनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । सोहि लिगमा उत्कृष्ट प्रदर्शन गरेका बसिर अहमदले पनि टिममा स्थान बनाएका छन्।
घोषणामा नेपाल प्रीमियर लिग एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् ।
एनपीएलको उपाधी लुम्बिनी लायन्सलाई जिताउन शेरले उत्कृष्ट प्रदर्शन गरेका थिए । शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् ।