×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

ओली र पोखरेलले गरे मतदान, भोट खसाल्न लगाए ४० मिनेट

ओली र पोखरेलले गरे मतदान, भोट खसाल्न लगाए ४० मिनेट

काठमाडौं । नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान गर्न ४० मिनेट लागेको छ । महासचिवका उम्मेदवार  शंकर पोख्रेल र सुरेन्द्र पाण्डेले पनि त्यत्ति नै समय लगाएको हो । 

एमालेको एघारौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानबाट भृकुटीमण्डपमा मतदान सुरु भएको छ । मतदानको सुरुवात शीर्ष नेताहरुले गरेका थिए । ओली र पोखरेल लगायतका नेताहरु सँगै मतदान गर्न गएका थिए ।

एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेसिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको छ । शीर्ष नेताहरुले मतदान सुरु गरेपछि अन्य प्रतिनिधिहरुले भोट खसालिरहेका छन् । उनीहरु भोट खसाल्न लामबद्ध भएर पालो कुरिरहेका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले भोट मागिरहेका छन् ।

नयाँ नेतृत्वका लागि ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिकृया दिनुहोस्