काठमाडौं । चीनले जन्मदर बढाउने प्रयासका क्रममा जनवरी १ देखि गर्भनिरोधक सामग्रीमा १३ प्रतिशत बिक्री कर (भ्याट) लगाउने निर्णय गरेको छ। तर बच्चा हेरचाह सेवा, विवाहसम्बन्धी सेवा र ज्येष्ठ नागरिक हेरचाह भने करमुक्त गरिएको छ।
नयाँ नीतिअनुसार कण्डम, गर्भनिरोधक चक्की र उपकरणमा कर लाग्नेछ भने बच्चा हेरचाह सेवा, विवाहसम्बन्धी सेवा तथा ज्येष्ठ नागरिक हेरचाह भने करमुक्त गरिएका छन्।
यो कर प्रणालीमा सन् १९९४ पछि गरिएको सबैभन्दा ठूलो परिवर्तन मानिएको छ। त्यतिबेला चीनमा एक सन्तान नीति लागू रहेकाले गर्भनिरोधक सामग्रीमा कर छुट दिइएको थियो।
सन् १९९४ पछि गरिएको यो ठूलो कर परिवर्तन हो। चीनको जनसंख्या तीन वर्षदेखि घट्दै गएको छ र सन् २०२४ मा जन्मिने बच्चाको संख्या १० वर्षअघिको तुलनामा झन्डै आधा पुगेको छ।
चीनमा बच्चा हुर्काउने खर्च अत्यधिक महँगो छ। शिक्षा खर्च, काम–परिवार सन्तुलनको दबाब र आर्थिक अनिश्चितताका कारण युवापुस्ता सन्तान जन्माउन इच्छुक देखिँदैन। उनीहरूका अनुसार गर्भनिरोधकमा कर लगाउँदा जन्मदरमा उल्लेखनीय वृद्धि हुने सम्भावना कम छ।
गर्भनिरोधकमा कर लगाउने निर्णयको आलोचना भएको छ। आलोचकहरूले यसले अनिच्छित गर्भधारण र यौनरोगको जोखिम बढाउन सक्ने चेतावनी दिएका छन्। कण्डममा कर लगाउँदा जन्मदरमा ठूलो प्रभाव पर्ने सम्भावना कम छ।