×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात

वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात

वीरगञ्ज  । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ४८ अर्ब १० करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । 

गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात १६ अर्ब ४३ करोड रुपैयाँ बढीको निर्यात भएको छ । 

गत आर्थिक वर्षको छ महिनाको अवधिमा भने ३१ अर्ब ६७ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आर्थिक वर्षमा यहाँबाट हुने निर्यात ५२ प्रतिशतले बढेको बताए । 

चालु आर्थिक वर्षको छ महिनामा २५ अर्ब ४२ करोड रुपैयाँ मूल्यको भटमासको तेल प्रशोधित निर्यात भएको छ । ३ अर्ब ४८ करोड रुपैयाँ मूल्य पर्ने फलफूलको जुस र तीन अर्ब ५५ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ ।
 
त्यस्तै २ अर्ब २५ करोड रुपैयाँ मूल्यको प्रशोधित पाम तेल निर्यात भएको  छ । त्यस्तै १ अर्ब ७८ करोड रुपैयाँ मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ ।
 

प्रतिकृया दिनुहोस्