×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

खेलकुद

एनपीएल : लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर खेल्दै

एनपीएल : लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर खेल्दै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा अपराह्न चार बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ ।

६ खेलबाट समान २ अंक जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।
 

प्रतिकृया दिनुहोस्