×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

काठमाडौं महानगरले उठायो ४ अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं महानगरले उठायो ४ अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ गतेसम्म ४ अर्ब २१ करोड १३ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

यसमा आन्तरिक आयतर्फ २ अर्ब ६७ करोड ७३ लाख ८८ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ७७ करोड ९९ लाख ८० हजार रुपैयाँ, सङ्घ तथा प्रदेश सरकारवाट प्राप्त सशर्त अनुदान ७५ करोड ३९ लाख ९८ हजार रुपैयाँ प्राप्त भएको  महानगर उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए ।  

समग्र आम्दानीलाई प्रतिशतमा हेर्दा कुल आम्दानीको लक्ष्यअनुसार २७ दशमलव ८६ प्रतिशत र आन्तरिकतर्फ २६ दशमलव ४४ प्रतिशत प्रगति भएको उनले बताए ।   

महानगरले चालु आवका लागि १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ आम्दानी हुने लक्ष्य लिएकामा त्यसमध्ये १० अर्ब १२ करोड ६४ लाख रुपैयाँ आन्तरिक आयको लक्ष्य राखिएको डङ्गोलको भनाइ छ । 

यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारबाट शसर्त, समानीकरण, राजस्व बाँडफाँटबाट रु चार अर्ब चार करोड ३४ लाख  प्राप्त गर्ने लक्ष्य राखिएको छ । महानगर लेखा समितिका संयोजक गायत्री पुडासैनीका अनुसार यसअघि बेरुजु जनिएको रु २६ करोड ३९ लाख ५१ हजार ७३४ नियमित समपरीक्षण गराउन महालेखा परीक्षकको कार्यालयमा सिफारिस गर्ने प्रस्ताव १८ औँ कार्यपालिका बैठकले गरिसकेको छ ।  

आव २०७३र०७४ देखि २०८०र०८१ सम्मको फछ्र्योट हुन बाँकी बेरुजुमध्ये नियमानुसार नियमित गराउनुपर्ने २२ करोड ७५ लाख ५१ हजार ७२३ रुपैयाँ र  समपरीक्षणका लागि प्राप्त रु तीन करोड ६४ लाख ११ रहेको उनले बताए । 
 

प्रतिकृया दिनुहोस्