×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ९ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

यस्तै, आज चाँदीको मुल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी प्रतितोला १ सय ६५ रुपैयाँले बढेको हो । यससँगै चाँदी प्रतितोला ४ हजार ४ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार २ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।


 

प्रतिकृया दिनुहोस्