×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

मनोरञ्जन

साम्राज्ञीले गरिन् इन्गेजमेन्ट, जन्मदिनमा दिइन् सरप्राइज

साम्राज्ञीले गरिन् इन्गेजमेन्ट, जन्मदिनमा दिइन् सरप्राइज

काठमाडौं । आज मंगलबार अभिनेत्री साम्राज्ञी शाहको जन्मदिन पनि हो । यो अवसरमा उनले प्रशंसकसामु एक सरप्राइज घोषणा गरेकी छन् । उनले इन्स्टाग्राममार्फत आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेकी छन् ।

उनले सार्वजनिक गरेका केही इन्गेजमेन्टका फोटोमा उनले हीराको औंठी लगाएको देख्न सकिन्छ । सोमबार उनले एक युवकसँग इन्गेजमेन्ट गरे पनि उनीबारे विस्तृत खुलाएकी छैनन् ।

‘एस एन्ड बी’ ह्यासट्याग उल्लेख गर्दै उनले यो महत्वपूर्ण अवसरमा आफ्ना भावनाहरू पनि व्यक्त गरेकी छन् ।

उनी लेख्छिन्, ‘जसको लागि मैले प्रार्थना गरेँ । मेरो भाषा बोल्न सक्ने शान्त आत्मा । कहिल्यै समात्न नसकिने शब्दहरूसहित आभारी छु । तिम्रो आँखा मेरो आँखासँग ठोक्किँदा सिर्जना भएको एक जादू । एक मौन कुराकानी जसले धेरै कुरा बोल्छ । फेरि चिप्लिन नदिइकन मेरो हातलाई बलियोसँग समातेकोमा धन्यवाद । तिमीले मलाई सम्झायौ कि माया गर्नु सजिलो छ । दयालु र कोमल हुनु । सधैं र सधैंभरि मेरो हृदय समात्नू ।’

इन्गेजमेन्टको यो घोषणाप्रति प्रशंसक र सेलिब्रेटीले साम्राज्ञीलाई बधाई दिइरहेका छन् ।

प्रतिकृया दिनुहोस्