×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

सुपरमादी हाइड्रोपावरको लकइन अवधि फागुन ४ गते सकिँदै

सुपरमादी हाइड्रोपावरको लकइन अवधि फागुन ४ गते सकिँदै

काठमाडौं । सुपरमाई हाइड्रोपावरको सवा ४८ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको कुल ४८ लाख २५ हजार ७०० कित्ता शेयरको लकइन अवधि आउँदो फागुन ४ गतेबाट सकिने जानकारी गराएको हो। 

हाल संस्थापकको ४२ लाख ८० हजार कित्ता, आयोजना प्रभावित स्थानीयको ५ लाख ३५ हजार कित्ता र कम्पनीका कर्मचारीहरुको १० हजार ७०० कित्ता शेयर लकइनमा राखिएको छ।

यो कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपीओ २०७९ फागुन ५ गते बाँडफाँट गरिएको थियो। कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ती समूहका शेयर ३ वर्षका लागि लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।


 

प्रतिकृया दिनुहोस्