×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

विज्ञ टोलीसहित गगन थापा रसुवाको बाढी प्रभावित क्षेत्रमा

विज्ञ टोलीसहित गगन थापा रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् । उनी शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेका हुन् ।

थापा विज्ञहरूसहित रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ३, घिचेत पुगेका सचिवालयले जनाएको छ । यसअघि उनी १५ भदौमा बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए ।

सभापति थापाले बिहीबार पार्टीका तर्फबाट स्थलगत निरीक्षणमा देखिएको दृष्यका आधारमा विस्तृत प्रतिवेदन तयार गरेर सार्वजनिक गरिने बताएका थिए ।

१० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ ।

प्रतिकृया दिनुहोस्