×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल

काठमाडौं । नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ । सन् २०१७ देखि नेपालका लागि डेनमार्कका वाणिज्यदूत रहनुभएका धरेललाई डेनमार्क सरकारको प्रस्तावमा परराष्ट्र मन्त्रालयले हालै महावाणिज्यदूतमा पदोन्नति गरेको हो । 

नेपालको अनररी कन्सलसम्बन्धी नियमावली २०३९९४० बमोजिम धरेललाई डेनमार्क अधिराज्यको कन्सल जनरल पदमा नियुक्त गरिएको हो । नेपालको पर्वतीय पर्यटन क्षेत्रमा विगत ३५ वर्षदेखि व्यावसायिक रुपमा कार्य गरिरहेका धरेलले विगत आठ वर्षदेखि कूटनीतिक क्षेत्रमा पनि सक्रिय रही नेपाल–डेनमार्क सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न विभिन्न काम गर्दै आएका छन् । 

दुई देशबीच लामो घनिष्टसम्बन्ध रहिआएको र आगामी दिनमा पनि यसलाई अझ जनस्तरमा विस्तार गरी लैजान आफू क्रियाशील रहने महावाणिज्यदूत धरेलले बताए । विभिन्न कारण काठमाडौँबाट नयाँदिल्ली स्थानान्तरण भएको डेनमार्कको दूतावासलाई पुनः नेपालमै फिर्ता ल्याउन पहल गर्ने उनले उल्लेख गरे। 

प्रतिकृया दिनुहोस्