×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

सुन चाँदीको मुल्यले बनायो नयाँ रेकर्ड

सुन चाँदीको मुल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । 

आइतबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

यसअघि गत सोमबार सुनको भाउले बनाएको रेकर्ड ठीक एक सातामा तोडिएको छ । गत सोमबार त्यसअघिका सबै रेकर्ड तोड्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदीको मुल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी प्रतितोला १ सय ३० रुपैयाँले बढेको हो । यससँगै चाँदी प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४ हजार १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।


 

प्रतिकृया दिनुहोस्