काठमाडौं । भारतको कर्नाटक राज्यमा पर्ने चित्रदुर्ग जिल्लामा भएको सडक दुर्घटनामा कम्तिमा पनि ११ जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् ।
दुर्घटना बुधबार राति करिब २ बजे नेशनल हाइवे ४८ मा भएको बताएका छन् ।
बेङ्गलुरूबाट गोकर्णतर्फ जाँदै गरेको एक बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको जनाइएको छ ।
घटनास्थलबाट प्राप्त तस्वीरहरूमा दुर्घटना अत्यन्तै गम्भीर देखिएको र बस पूर्णरूपमा क्षतिग्रस्त भएको तथा ट्रकको अगाडिको भाग नराम्ररी क्षतिग्रस्त देखिएको जनाइएको छ ।