काठमाडौं । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको चार तले भवनमा मंगलबार राति ९ः२० बजे सुरु भएको आगलागी राति १० बजे पछि नियन्त्रणमा लिएको हो ।
यस अघि गुआङडोङ र हङकङका आवासीय टावरहरूमा ठूलो आगलागी हुँदा १६० जनाको मृत्यु भएको थियो । आगोले भवनको १५० वर्ग मिटर क्षेत्रलाई असर गरेको जनाइएको छ ।
यस अघि बुधबार बिहानको प्रारम्भिक रिपोर्टमा आठ जनाको मृत्यु भएको र चार घाइतेलाई अस्पताल लगिएको जनाइएको थियो ।
हाल चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले १२ जनाको मृत्यु भएको बताएको छ ।