×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

लुम्बिनी प्यालेस रिसोर्ट बन्ने भयो ‘लुम्बिनी मेरिअट रिसोर्ट’

लुम्बिनी प्यालेस रिसोर्ट बन्ने भयो ‘लुम्बिनी मेरिअट रिसोर्ट’

काठमाडौं । रुपन्देही सियारी–५ स्थित लुम्बिनी प्यालेस रिसोर्ट अब अन्तर्राष्ट्रि चेन होटल ब्रान्ड ‘मेरिअट’ ब्रान्डमा सञ्चालन हुने भएको छ । २०७५ सालमा स्थापित र तीन वर्षदेखि निरन्तर नाफामा सञ्चालित लुम्बिनी प्यालेस रिसोर्ट अब ‘लुम्बिनी मेरिअट रिसोर्ट एन्ड स्पा’ मा रूपान्तरण हुने भएको हो ।

यसका लागि लुम्बिनी प्यालेस रिसोर्ट र मेरिअट इन्टरनसेनलबीच होटल व्यवस्थापना सम्झौता भएको छ । यो सम्झौतापछि काठमाडौं उपत्यका बाहिर मेरिअट इन्टरनेसनलको उपस्थिति पहिलो भएको छ ।

सम्झौता कार्यक्रममा रिसोर्टका अध्यक्ष दीपक पाण्डे, प्रबन्ध सञ्चालक रोशनकुमार न्यौपाने, सञ्चालकहरू तथा मेरिअट इन्टरनेसनको एसिया प्रशान्त प्रमुख सञ्चालन अधिकृत निरज गोभिल, दक्षिण एसिया विकास वरिष्ठ उपाध्यक्ष किरण एन्डिकट, जुही रोय लगायत उपस्थित थिए ।

लुम्बिनी प्यालेस रिसोर्टले चालु आर्थिक वर्ष २०८२/८३ अन्त्यसम्म पाँचतारे रिसोर्ट सञ्चालन अनुमति लिने लक्ष्य लिएको जनाएको छ ।

नेपालको एकमात्र ‘वाटर रिसोर्ट’ मा वाटर फाउन्टेन, वाटर शो, म्युजिकल फाउन्टेन, थ्रिडी वाटर स्क्रिन, मोटर बोटिङ, मिनी क्रुज, वाटर रेस्टुरेन्ट, वाटर स्पा लगायत सुविधा उपलब्ध छन् ।

रिसोर्टलाई नेपालकै पहिलो र एकमात्र ‘ग्रिन सर्टिफिकेसन’ (गोल्ड) सहित वेलनेस रिट्रिट एन्ड इको रिसोर्टमा विकास गर्ने र ‘अर्गानिक फाइभस्टार वेलनेस लक्जरी रिसोर्ट’ लक्ष्य लिइएको व्यवस्थापनले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्