×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

भैरहवाको मौसम खराब भएपछि विमानस्थलमै रोकिए रवि लामिछाने

भैरहवाको मौसम खराब भएपछि विमानस्थलमै रोकिए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार बिहानदेखि अहिलेसम्म पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै रोकिएका छन् । भैरहवाको मौसम खराब हुँदा लामिछाने काठमाडौँमै रोकिएका हुन् ।

बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने आज अदालत उपस्थित हुन जहाजमार्फत भैरहवा जान लागेका छन् ।बिहान ७स्५५ बजेको उडान भनिए पनि अहिलेसम्म उडान भएको छैन ।

उच्च अदालत बुटवलका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।


आदेश जारी गर्दै उनलाई विभिन्न शर्तहरू तोकिएको छ । ती शर्त पालनापछि मात्रै उनी थुनामुक्त हुन पाउनेछन् ।  


 

प्रतिकृया दिनुहोस्