×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

परराष्ट्रमन्त्री शर्मासँग टर्कीका नवनियुक्त गैरआवासीय राजदूतको भेटवार्ता

परराष्ट्रमन्त्री शर्मासँग टर्कीका नवनियुक्त गैरआवासीय राजदूतको भेटवार्ता

काठमाडौँ ।  परराष्ट्रमन्त्री बाला नन्द शर्मासँग नेपालका लागि गणतन्त्र टर्कीका नवनियुक्त गैरआवासीय राजदूत अली मुरात एर्सोयले शिष्टाचार भेट गरेका छन्।

बुधबार आज परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र टर्कीबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र गहिरो बनाउने सम्भावनाका विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयले जनाएको छ । दुई देशबीचको सहयोग विस्तार गर्ने विषयमा पनि विचार आदान/प्रदान भएको बताइएको छ।

प्रतिकृया दिनुहोस्