काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ हजार ५ सय रुपैयाँ बढेर प्रतितोला तिन लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ४० रुपैयाँ बढेर प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।