×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

शीतलहरले सडक चिप्लो भएपछि दाउन्ने खण्डमा १५ घण्टादेखि यातायात अवरुद्ध

शीतलहरले सडक चिप्लो भएपछि दाउन्ने खण्डमा १५ घण्टादेखि यातायात अवरुद्ध

काठमाडौं । शीतलहरले सडक चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवागमन बन्द भएको छ  । दाउन्ने खण्डको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर गुड्न नसकेपछि १५ घण्टादेखि  गाडी चल्न नसकेको हो । 

सडकमा गाडी गुड्न नसकेपछि बर्दघाट र  दुम्किबासतर्फ गाडीको ठूलो लाम लागेको जनाइएको छ । शीतलहर कम भएपछि  सडक खुल्ने छ । 

निर्माणाधीन बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत अन्य ठाउँमा सहज भए पनि दाउन्नेमा अझै काम बाँकी छ ।  काठमाडौंबाट बुटवल आउँदै गरेका यात्रु विनोद परियारले आफू १४ घण्टादेखि दाउन्नेमा जाममा फसेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस्