×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ पुग्यो

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ पुग्यो

काठमाडौं । सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

यस्तै आज चाँदीको मुल्य पनि अहिलेसम्मकै उच्च भएको छ । आज चाँदी १ सय ४५ रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिकृया दिनुहोस्