×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

विराटनगरका क्यासिनोमा प्रहरीको छापा, व्यवस्थापकसहित २० जना पक्राउ

विराटनगरका क्यासिनोमा प्रहरीको छापा, व्यवस्थापकसहित २० जना पक्राउ

काठमाडौं । प्रहरीले विराटनगरका दुई क्यासिनोबाट २० जना नेपालीलाई पक्राउ गरेको छ । आइतबार मध्यराति छापा हानेको प्रहरीले क्यासिनोका व्यवस्थापकसहित २० जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो ।

क्यासिनोमा नेपाली नागरिक प्रवेश निषेध छ । तर, विराटनगरमा दुई क्यासिनोमा नेपालीको आउजाउ सहज थियो । जसका कारण पटक(पटक झगडा भएको विषय पनि बाहिर आएको थियो ।

आइतबार बिग होटलभित्र सञ्चालनमा रहेको च्याम्पियन जोन क्यासिनो र रत्ना होटल भित्र सञ्चालनमा रहेको गोल्डेन क्यासिनोमा प्रहरीले छापा मारेको थियो ।

छापा मार्ने क्रममा रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना नेपालीलाई नियन्त्रणमा लिइएको हो । 

पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतमसहित २० जना नेपाली छन् । प्रहरीले पक्राउ परेकाहरू विरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा  चलाउने तयारी गरेको छ ।

गत चैत ३ गते क्यासिनोको विवादमा विराटनगरको रत्ना होटलको क्यासिनो परिसरमा किरण लामा र रोनाल कँडेलको समूहसँग अभिषेक गिरीसहितको समूहको कुटाकुट भएको  थियो । यो झडपमा तीनै जना घाइते भएका थिए ।

२०८० पुस  २८ गते बिग होटलमा रहेको क्यासिनोमा जुवा खेल्ने क्रममा सुरु भएको विवादका कारण क्यासिनो बाहिर दुई समूहबीच खुकुरी हानाहान भएको थियो । घटनामा विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका  थिए ।

प्रतिकृया दिनुहोस्