काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान प्रक्रिया सकिएसँगै केहीबेर अघिबाट मतगणना सुरु भएको छ । अबको करिब ३ घण्टामा अन्तिम मतपरिणाम आउनेछ ।
मतगणनामा दुवैतर्फका उम्मेदवारहरूको तर्फबाट ५र५ जना प्रतिनिधि राखिएको छ ।ती प्रतिनिधिहरूमा राजनीतिक व्यक्तित्वको रुपमा २ र अरु प्राविधिकको रुपमा २ जना पनि राखिएको जनाइएको छ ।
सबै मतपरिणाम सार्वजनिक गर्नका लागि ३ घण्टा लाग्ने जनाइएको छ भने जसका लागि १० वटा बुथको स्थापना गरिएको छ ।नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधि चयन भएका थिए । तर, शतप्रतिशत भोट खसेन । २२२७ मत मात्र खसेको छ । ३६ जना अनुपस्थित भएका छन् ।