×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

४७ वर्षपछि सिरिया अमेरिकाको आतङ्कवाद सूचीबाट हट्यो

४७ वर्षपछि सिरिया अमेरिकाको आतङ्कवाद सूचीबाट हट्यो

काठमाडौं ।अमेरिकाले ४७ वर्षपछि सिरियालाई आतङ्कवाद बढावा दिने देशको सूचीबाट हटाएको छ। अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानी सहज बनाउनु र देशलाई पुनः विश्व अर्थव्यवस्थामा जोड्नु रहेको बताएको छ।

सिरिया हटेपछि अब अमेरिकाको यो सूचीमा इरान, उत्तर कोरिया र क्युबा गरी तीन देश मात्र बाँकी रहेका छन्।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यो निर्णयले सिरियालाई आर्थिक समृद्धितर्फ अघि बढ्ने बाटो दिने बताएका छन्। यस विषयमा पहिलो पटक गत वर्षको जुलाईमा प्रस्ताव राखिएको थियो।

अमेरिकी अर्थ मन्त्री स्कट बेसन्टले पनि निर्णयको स्वागत गर्दै भने, ‘यो कदमले सिरियामा धेरै लगानी ल्याउन मद्दत गर्नेछ, जसले राजनीतिक र आर्थिक स्थिरता बलियो बनाउनेछ।’

हालै ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल(शरासँग पनि सम्पर्क बढाएको छ। अल-शरा पहिले एउटा उग्रवादी संगठनका नेता थिए र कुनै समय अमेरिकाले उनका विरुद्ध इनामको घोषणा गरेको थियो। उनी अल(कायदासँग जोडिएको संगठनको नेतृत्व गरिसकेका व्यक्ति हुन्।

गत वर्ष अमेरिकाले अहमद अल(शराको नेतृत्वमा रहेको इस्लामिक संगठन तहरीर अल(शामलाई आफ्नो आतङ्कवादी संगठनको सूचीबाट हटाएको थियो।

प्रतिकृया दिनुहोस्