काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँद्यीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।