काठमाडौं । खोटाङ, धनुषा र कैलालीमा तीन जना मृत फेला परेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ नाङग्रे खोला बुद्धदहस्थित सुनकोशी नदी किनारमा अन्दाजी ३० वर्षीय पुरुष मृत भेटिएका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको पहिचान भइसकेको छैन ।
धनुषाको जनक नन्दिनी गाउँपालिका–१ ईनर्वा बजार नजिक सडकमा भारत बिहार मधुवनी नाजिरपुर ग्राम–१२ कानैल बस्ने ३७ वर्षीय दिलिप राम आइतबार मृत अवस्थामा फेला परेका छन् ।
उता कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित नालामा झापा कनकाई नगरपालिका–५ तुल्सीवारी घर भएका २८ वर्षीय सुरज यादव आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।