×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

नेपालबाट १० वटा देशमा साढे १२ करोडको चिउरा निर्यात

नेपालबाट १० वटा देशमा साढे १२ करोडको चिउरा निर्यात

काठमाडौं । नेपालबाट १० महिनाको अवधिमा साढे १२ करोड रुपैयाँको चिउरा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८२र८३ साउनदेखि मंसिरसम्म १२ करोड ५८ लाख ७८ हजार रुपैयाँ बराबरको चिउरा निर्यात भएको हो ।

यस अवधिमा ३ लाख १४ हजार ३ सय ११ किलो अर्थात् ३ सय १४ टन चिउरा १० देशमा निर्यात भएको छ । यस अवधिमा नेपालबाट विश्वका १० वटा देशमा चिउरा जाने गरेको पाइएको छ । 

सबैभन्दा धेरै चिउरा अस्ट्रेलिया निर्यात भएको छ । पाँच महिनामा अस्ट्रेलियामा ७ करोड २९ लाख ३४ हजार रुपैयाँको १ लाख ४४ हजार ६ सय ३२ किलो किलो (१ सय ४४ टन) चिउरा निर्यात भएको छ ।

यस्तै इटालीमा १ करोड ६४ लाख ९ हजार रुपैयाँको ५७ लाख ३ सय ४० किलो, अमेरिकामा १ करोड ३० लाख ७२ हजार रुपैयाँको २३ हजार ४ सय २४ किलो र क्यानडामा १ करोड ७ लाख ७३ हजार रुपैयाँको २९ हजार ३ सय २ किलो चिउरा निर्यात भएको छ ।

यसैगरी जापानमा ३५ हजार ८ सय ८० किलो चिउरा निर्यात हुँदा ५१ लाख ९७ हजार रुपैयाँ आम्दानी भएको छ । पोल्यान्डमा ४८ लाख ७९ हजार रुपैयाँको १२ हजार ९ सय २६ किलो र युनाइटेड अरब इमिरेट्स (यूएई) मा २२ लाख ६३ हजार रुपैयाँको ६ हजार ४ सय १८ किलो चिउरा निर्यात भएको छ ।

यसबाहेक, क्यानडा, हङकङ, भारत र मलेसिया लगायतका मुलुकमा समेत चिउरा निर्यात हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्