×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

रहिनन् बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री, ८० वर्षीया खालिदा जियाको निधन

रहिनन् बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री, ८० वर्षीया खालिदा जियाको निधन

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा आज ९मंगलबार० बिहान स्थानीय समयअनुसार बिहान ६ निधन भएको हो ।

लामो समयदेखि बिरामी रहेकी जियाको आज बिहान उपचारका क्रममा निधन भएको हो। उनी विगत २० दिनदेखि भेन्टिलेटरमा रहेकी थिइन्।

खालिदा जिया विगत केही वर्षदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखा सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिइन्। उनको निधनको पुष्टि परिवार र पार्टीका नेताहरूले गरेका छन्।

खालिदा चार दशकभन्दा बढी समयदेखि बंगलादेशको राजनीतिमा सक्रिय थिइन् । पतिको हत्यापछि उनले बीएनपीको नेतृत्व सम्हालेकी थिइन् ।

सन् १९८१ मा जियाउर रहमान बंगलादेशका राष्ट्रपतिमा बहाल रहेकै बेला हत्या भएको थियो । खालिदा सन् १९९१ मा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि उनी सन् २००१ मा सत्तामा फर्किएकी थिइन् । सन् २००६ सम्म खालिदाले सरकारको नेतृत्व गरेकी थिइन् ।

बीएनपीले बंगलादेशमा सम्पन्न पछिल्ला तीन निर्वाचन बहिष्कार गरेको थियो । सन् २०२४ मा तत्कालीन प्रधनमन्त्री शेख हसिनाविरूद्ध सुरू भएको विद्यार्थी आन्दोलनलाई खालिदाले समर्थन गरेकी थिइन् ।


 

प्रतिकृया दिनुहोस्