×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

तनहुँ जिल्ला प्रशासन : तीन महिनामा १ करोड रुपैयाँ राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट

तनहुँ जिल्ला प्रशासन : तीन महिनामा १ करोड रुपैयाँ राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट

दमौली । जिल्ला प्रशासन कार्यालयले  चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सङ्घसंस्था दर्ता र नवीकरण, हातहतियार नवीकरण र नामसारी, राहदानी दस्तुरलगायतबाट १ करोड १८ लाख १५ हजार ८ सय ८५ रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिए । 

उनका अनुसार सङ्घसंस्था दर्ता नवीकरणबाट २ लाख ५ हजार ७००, हातहतियार नवीकरण र नामसारीबाट ३ लाख २ हजार २५०, राहदानी दस्तुरबाट १ करोड ११ लाख ५८ हजार, न्यायिक दण्ड जरिवानाबाट १ लाख ३५ हजार ४ सय ३५  रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

४३४ गुनासा फछ्र्यौट 

चालु आवको पहिलो त्रैमासिकमा जिल्ला प्रशासन कार्यालयमा ६१९ गुनासो दर्ता भएका छन् । विभिन्न माध्यमबाट कार्यालयमा गुनासो दर्ता गरिएको हो । प्रजिअ अधिकारीले सबैभन्दा बढी नागरिक एपमार्फत ५७२ गुनासो प्राप्त भएको जानकारी दिए । त्यस्तै कार्यालयमा निवेदनमार्फत ३४ र निमायक निकायबाट १३ गुनासो प्राप्त भएको उनले बताए । गुनासोमध्ये ४३४ गुनासो फछ्र्यौट गरिसकिएको उनले जानकारी दिए। 

सेवाग्राहीका सहजताका लागि कार्यालयले क्युआरकोडमार्फत गुनासो दर्ता गर्न सक्ने व्यवस्था गरेपनि क्युआरकोडमार्फत कुनै पनि गुनासो नआएको प्रजिअ अधिकारीको भनाइ छ ।  

त्यस्तै हेलो सरकारमार्फत पनि गुनासो प्राप्त भएको छैन । प्रजिअ अधिकारीका अनुसार नागरिक एपमार्फत प्राप्त गुनासोमध्ये ३८७, कार्यालयमा निवेदन प्राप्तमध्ये ३४ र निमायक निकायमार्फत प्राप्त गुनासोमध्ये १३ गुनासो फछ्र्यौट भएका छन् । 
 

प्रतिकृया दिनुहोस्