काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समय सकिएको छ ।
निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको छ । यद्यपी आयोगले ५ बजेभित्र मतदान केन्द्रभित्र मतदान केन्द्रभित्र पसेका मतदाताले मतदान गर्न पाउने बताएको छ ।
आयोगका अनुसार छिटफुट घटना बाहेको मतदान शान्तिपूर्ण रुपमा भएको छ ।
दोलखा, सर्लाहीलगायतका जिल्लामा केहि तनाव भएपनि आम रुपमा निर्वाचन शान्तिपूर्ण रुपमा भएको आयोगले प्रारम्भिक जानकारी दिएको छ ।
अहिलेसम्म प्राप्त आंकडा अनुसार देशभर ५० प्रतिशतभन्दा बढी मतदान भएको र औपचारिक आँकडा आउन समय लाग्ने आयोगले बताएको छ ।