×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

इरानका १०० सहरमा महँगीविरुद्ध हिंसात्मक प्रदर्शन, इन्टरनेट र फोन सेवा बन्द

इरानका १०० सहरमा महँगीविरुद्ध हिंसात्मक प्रदर्शन, इन्टरनेट र फोन सेवा बन्द

काठमाडौं । इरानमा विगत दुई सातादेखि महँगीविरुद्ध भइरहेको प्रदर्शनका बीच बिहीबार राति स्थिति थप बिग्रिएको छ। प्रदर्शन देशभरका १०० भन्दा बढी सहरहरूमा फैलिसकेको छ।

मानिसहरू ‘यो अन्तिम लडाइँ हो, शाह पहलवी फर्कनेछन्’ भन्दै नारा लगाइरहेका थिए। हाल देशभर इन्टरनेट र फोन सेवा बन्द गरिएको छ।   तेहरानमा स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका एक प्रहरी अधिकारीको चक्कु प्रहार गरी हत्या गरिएको छ।

देशको दोस्रो ठूलो सहर मशहदमा प्रदर्शनकारीहरूले देशको राष्ट्रिय झण्डा च्यातिदिएका छन्।

प्रदर्शनका क्रममा भएको हिंसामा हालसम्म कम्तीमा ४५ जनाको मृत्यु भइसकेको छ भने २,२७० भन्दा बढीलाई हिरासतमा लिइएको छ।

यो प्रदर्शन देशका निर्वासित युवराज रजा पहलवीको अपीलपछि तीव्र भएको हो। रजा पहलवी इरानका अन्तिम शाह मोहम्मद रजा पहलवीका छोरा हुन्। उनका पितालाई सन् १९७९ को इस्लामिक क्रान्ति ताका सत्ताबाट हटाइएको थियो। युवराज पहलवी हाल अमेरिकामा बसोबास गर्दै आएका छन्।


 

प्रतिकृया दिनुहोस्