काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ६ हजार ५०० रुपैयाँ घटेर प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा १२ हजार ५ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा ११५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।