×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम ७ अर्ब १२ करोड

नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम ७ अर्ब १२ करोड

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ९.९३ अंक बढेर २ हजार ६ सय ४९ दशमलव ३० विन्दुमा पुगेको छ। 

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ६ अर्ब ४७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३४ स्टकको ८८ हजार ३६२ पटकको कारोबारमा ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँबराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २।८७ प्रतिशत बढेको हो। कारोबार रकमका आधारमा यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य घटेको हो।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

यस दिन जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९।९७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने हिमालयन ८०–२० को इकाईमूल्य करिब साढे ७ प्रतिशत बढेको छ।  


 

प्रतिकृया दिनुहोस्