×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

प्रवास

पोर्चुगलस्थित नेपाली राजदूतावासको औपचारिक उद्घाटन

पोर्चुगलस्थित नेपाली राजदूतावासको औपचारिक उद्घाटन

लिस्वन । पोर्चुगल स्थित नेपाली राजदूतावासको ‘चान्सरी’बिहीवार औपचारिक उद्घाटन भएको छ । पोर्चुगलको राजधानी लिस्वनमा राजदूतावासको कार्यालय १० महिना अघि (१६ अप्रिल २०२५) मा स्थापना भएर सेवा दिँदै आएकोमा बिहीवार ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर औपचारिक उद्घाटन भएको हो ।

नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगल गणतन्त्रको विदेश मामिला तथा सहयोग राज्य सचिव डा।आनाइसाबेल जेभियरले संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन पछिको औपचारिक कार्यक्रममा बोल्दै परराष्ट्र सचिव राईले राजदूतावासको औपचारिक समुद्घाटनले दुई देशबीचको मित्रता र सहकार्य संस्थागत भएको बताए ।

कार्यक्रममा पोुर्चगलका राज्य सचिव जेभियरले नेपालीको राजदूतावासलाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरिन् । उनले दुई देश बीचको भावी कूटनीतिक प्रयासहरूमा समेत पोर्चुगल सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा पोर्चुगलको कूटनीतिक कोर्प्सका डीन एन्ड्रेस कार्रास्कोसा कोसो, पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेल, पोर्चुगलको विदेश मन्त्रालयका महासचिव राजदूत फ्रान्सिस्को रिबेरो टेलेस लगायत कूटनीतिक क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्