×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

भारत सरकारले दियो सशस्त्रलाई १० हजार सेल टियर ग्याँस

भारत सरकारले दियो सशस्त्रलाई १० हजार सेल टियर ग्याँस

काठमाडौँ । सशस्त्र प्रहरी बललाई भारत सरकारले अनुदानमा टियर ग्याँस सेल दिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भारत सरकारले सशस्त्रलाई टियर ग्याँस दिएको हो । 

निर्वाचनमा प्रयोग गर्न १० हजार सेल टियर ग्याँस भारत सरकारबाट प्राप्त भएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी भारत सरकारले ५३८ वटा गाडी नेपाल सरकारलाई सहयोग स्वरूप हस्तान्तरण गरेको छ । हालसम्म ५३८ वटा गाडी नेपाल आइपुगेको गृह मन्त्रालयका अधिकृतहरू बताउँछन् । भारतबाट बोलेरो जिप, स्कोर्पियो र स्कोर्पियो पिकअप आएको छ ।

तीमध्ये सरकारले सशस्त्र प्रहरी बललाई ९३ वटा गाडी दिएको छ । भारतबाट गृह मन्त्रालय हुँदै आएका गाडीहरू ४४ जिल्लामा पठाइ सकिएको सशस्त्रका ती अधिकृतले बताए । उनले भने, ‘आज १० जिल्लामा नयाँ गाडीहरू पठाइएको छ ।’
 

प्रतिकृया दिनुहोस्