काठमाडौं । ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), ग्रिन डेभलपमेन्ट बैंक, महुली लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रोपावर कम्पनी, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, इमर्जीङ्ग नेपाल र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले भोली अर्थात पुस १७ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
ग्रिन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट ८ दशमलव ०३९६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ४२३१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सभा पुस गते गर्दै छ ।
निर्धन उत्थान लघुवित्तले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेका छन् । वार्षिक साधारण सभा पुस ३० गते बुधवार गर्ने भएको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले हाल कायम चुक्तापुँजीको कुल २१ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। २४औं वार्षिक साधारण सभा पुस ३० गते बुधवार गर्ने भएको छ । सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ ।
महुली लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्तापुँजी ३६ करोड ९९ लाख २३ हजार ५००.२० रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४.७२ प्रतिशतले हुन आउने १ करोड ७५ लाख ७१ हजार ३६६.२६ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ९ लाख २४ हजार ८०८.७५ रुपैयाँबराबरको नगद लाभांश छन्।
चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि सेत गरी ४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस ३० गते हुने साधारण सभाले सो लाभांश अनुमोदन गर्नेछ ।
फर्स्ट माइक्रोफाइनान्सले ६ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । संस्थाले पनि पुस ३० गते साधभारण सभा गर्दैछ। इमर्जिङ नेपालले ५ दशमलव २६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले पुस २८ गते साधारण सभा गर्दैछ ।
अपर हेवाखोलाले १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । पुस ३० गते हुने साधारण सभाले सो लाभांश अनुमोदन गर्नेछ ।