×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

पूर्णबहादुर खड्कालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

पूर्णबहादुर खड्कालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौँ ।  नेपाली काँग्रेसले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको छ ।

बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेका खड्कालाई सात दिने भित्र जवाफ दिन स्पष्टीकरण सोधेको हो ।

समितिका सभापति तारामान गुरुङका अनुसार  कार्यवाहक सभापतिको हैसियतमा प्रेस विज्ञप्ति जारी गर्नु विधान विपरीत भएको भन्दै अनुसशासन समितिले सातदिने स्पष्टीकरण सोधेको छ ।

 काँग्रेसका पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले सोमबार पुन: कार्यवाहक सभापतिको हैसियतमा पार्टीले क्रियाशील सदस्यता अध्यावधिक गर्ने निर्णय गरेको विरोधमा विज्ञप्ति जारी गरेका थिए । यसअघि खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाले पछि अनुशासन समितिले सचेत गराएको थियो ।

प्रतिकृया दिनुहोस्