×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा ३ हजार ५ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मुल्य १०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मुल्य ३ हजार ९ सय ५ रुपैयाँ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २ सय ७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस्