×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

सिमरामा आज पनि जेनजी युवाको प्रदर्शन

सिमरामा आज पनि जेनजी युवाको प्रदर्शन

काठमाडौं ।  बाराको सिमरामा आज पनि प्रदर्शन भइरहेको छ । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवादले बुधबार दिनभर तनावग्रस्त सिमरामा आज दोस्रो दिन बिहीबार पनि प्रदर्शन भएको छ ।

तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यू आदेश नै जारी गरेको थियो । बेलुकीपछि भने स्थिति शान्त बनेको थियो ।

आज बिहीबार बिहान १० बजेबाट जेनजी युवाले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै जेनजीले प्रदर्शन गरेका हुन् ।
 

प्रतिकृया दिनुहोस्