×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

१७ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

१७ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य १७ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला  २ लाख ५९ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

यस दिन चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ८ सय ८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबारको चाँदी प्रतितोला ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्