×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौं । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गरेको छ ।

विभागले तीन वटा उद्योग तथा फर्मलाई १ लाख १० हजार  रुपैयाँ जरिवाना गरेको छ । विभागले सम्झना अचार उद्योगलाई १० हजार रुपैयाँ, आरोहण फेशन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई समान ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ क बमोजिम कारवाही गरेको हो । यसैगरी अन्य १४ वटा उद्योग÷फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । बजारमा स्वच्छता कायम राख्न, कालोबजारी नियन्त्रण गर्न विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ ।
 

प्रतिकृया दिनुहोस्