×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

उपसभामुखको निर्वाचन आज, रुबी कुमारी बन्ने निश्चित

उपसभामुखको निर्वाचन आज, रुबी कुमारी बन्ने निश्चित

काठमाडौं । आज उपसभामुखको निर्वाचन हुदैछ । आज दिउसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा समामुखको निर्वाचन सम्बन्धि दुवै प्रस्ताव पेश हुने कार्यसूची रहेको छ । 

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर र राप्रपाकी सरस्वती लामाले उम्मेदवारी दर्ता गरेका छन् ।

ठाकुरको प्रस्तावक श्रम संस्कृति पार्टीका सांसद आरेन राई रहेका छन् भने समर्थकमा रास्वपा सांसद अशोक कुमार चौधरी र श्रम संस्कृति पार्टीकी सांसद अम्बिका देवी संग्रौला रहेका छन् । 

राप्रपाकी उम्मेदवार लामाको प्रस्तावकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाही रहेका छन् भने समर्थकमा राप्रपाका सांसद ताहिर अलि भाट, खुस्बु ओली र भारत गिरी रहेका छन् ।  

उपसभामुखमा सत्तारुढ दल रास्वपाले अन्तिम समयमा श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ । त्यस्तै श्रम संस्कृतिलाई काँग्रेस, एमाले र नेकपाले पनि समर्थन गरेका छन् । सत्तारुढ दलसहित विपक्षी दलको समर्थन रहेकाले श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर उपसभामुख बन्ने निश्चित रहेको छ ।

प्रतिकृया दिनुहोस्