काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ ।
सभापति पदमा उम्मेदवारी दिनेले ३० हजार रुपैयाँ बुझाउनुपर्ने छ । त्यस्तै उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ शुक्ल बुझाउनुपर्छ ।
सहमहामन्त्रीका उम्मेदवारले २० हजार र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपैयाँ बुझाउनुपर्ने केसीले जानकारी दिएका छन् ।
त्यस्तै, केन्द्रीय समितिमा १ जना सभापति, २ जना उपसभापति उपसभापति २, महामन्त्री २, सहमहामन्त्रीहरू महिला–१, दलित–१, आदिवासी जनजातीतर्फ–१, खस आर्य–१, मधेशी–१, मुस्लिम–१, थारु–१, पिछडिएको–१ पदमा उम्मेदवारी हुने बताइएको छ ।
खुला केन्द्रीय सदस्यको संख्या ३५ राखिएको छ । जसमा उम्मेदवारी दिन सकिने निर्वाचन समितिले जनाएको छ ।
दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ । साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिकामा उल्लेख छ ।
पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । निर्वाचन केन्द्रीय समितिका लागि हुने भएको छ ।