×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

५ महिनामा भित्रियो सवा १९ अर्बको स्मार्टफोन, मंसिरमा मात्रै ३ अर्बको आयात

५ महिनामा भित्रियो सवा १९ अर्बको स्मार्टफोन, मंसिरमा मात्रै ३ अर्बको आयात

काठमाडौं । पछिल्लो पाँच महिनामा नेपालमा १९ अर्ब भन्दा बढीको स्मार्टफोन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनासम्ममा कुल १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँको १० लाख ७० हजार थानभन्दा बढी स्मार्टफोन आयात भएको पाइएको हो ।

चालुआर्थिक बर्षको ४ महिनामा १६ अर्ब १५ करोड रुपैयाँको ९ लाख ४३ हजार ८ सय २६ थान फोन आयात भएको थियो । मंसिर महिनामा मात्रै ३ अर्ब बराबरको फोन आयात भएको हो । 

गत आर्थिक वर्षको सोहि अवधिमा नेपालमा १५ अर्ब १८ करोड रुपैयाँभन्दा धेरैको ९ लाख ९० हजार थान बढी स्मार्टफोन आयात भएको थियो ।

पछिल्लो समय विशेष गरी ठूलो स्क्रिन भएका, ह्याङ नहुने, लामो समयसम्म नतात्ने र ब्याट्री क्षमतामा सुधार भएको स्मार्टफोनप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । साथै, अनलाइन गेम, भिडियो स्ट्रिमिङ र मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढेसँगै उच्च क्षमताका फोनको माग झन् तीव्र बन्दै गएको छ ।
 

प्रतिकृया दिनुहोस्