काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो ।
आइतबार प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ६० हजार ७ सय रुपैयाँमा कामय भएको महासंघले जनाएको छ । यसअघि असोज ३१ गतेको मूल्य रेकर्ड अघिल्लो दिन आइतबार मात्रै तोडिएको थियो ।
आज चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला ५९० रुपैयाँले बढेको हो । यससँगै चाँदी प्रतितोला ३ हजार ८ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो।